नियम ३७
बिमा वस्तु फिर्ता हुने
सम्बन्धित हुलाकले देहायको अवस्थामा बिमा वस्तु प्रेषकलाई फिर्ता पठाउनु पर्दछः–
(क) बिमा वस्तुको आगमन सूचना दिइएको मितिले १० दिनभित्र ठेगानावालाले डेलिभरी नलिएमा, वा
(ख) ठेगानावालाले बिमा वस्तु लिन इन्कार गरेमा वा डेलिभरी लिन ठेगानावाला नै नभेटिएमा वा ठेगानावालाको मृत्यु भई डेलिभरी हुन नसकेमा, वा
(ग) ठेगानावाला अघि बसेको ठाउँ छाडी अन्यत्र गएमा वा बिमा वस्तु डेलिभरी गर्ने अख्तियार नभएको हुलाकको अधिकार क्षेत्रमा सरेकोमा सो सरेको १० दिनभित्र ठेगानावाला वा निजको अख्तियार पाएको वारिसलाई डेलिभरी दिन हुलाकको तर्फबाट प्रयास गर्दा पनि ठेगानावाला पत्ता नलागी बीमा वस्तु डेलिभरी गर्न नसकेमा । तर, बीमा वस्तु हुलाकमा आइपुगेको समयमा बीमा वस्तुको ठेगानावाला सो हुलाकको डेलिभरी क्षेत्रबाट बाहिर गएको भए र सो हुलाकमा निजले आफ्नो नाममा बीमा वस्तु आएको सुचना हुलाकबाट वा अरु कुनै तवरबाट थाहा पाई त्यसको डेलिभरी लिने इच्छाको लिखित सूचना सम्बन्धित हुलाकलाई खण्ड (ग) मा उल्लिखित १० दिनभित्र दिएमा सो बीमा वस्तु अरु १५ दिनसम्म सो हुलाकमा राखिनेछ । सो अवधिभित्र पनि ठेगानावाला वा निजको अख्तियार पाएको वारिसले डेलिभरी नलिएमा सो १५ दिन भुक्तान भएपछि सो बीमा वस्तु प्रेषकलाईनै फिर्ता पठाइनेछ ।